१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १ बुधबार १६:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १ बुधबार १६:३७:oo

देशभर थप चार सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा तीन सय ६३ र एन्टिजेन परीक्षणमा ४९ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा १० हजार एक सय ६ जनाको पिसिआर परीक्षण र एक हजार आठ सय ८७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर सात हजार ६ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार दुई सय दुईजना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा एकजना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार चार सय ८३ पुगेको छ ।
 

ad
ad
ad
ad