१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ३० मंगलबार १८:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको विवादबारे सत्तागठबन्धनले भन्यो- यथाशीघ्र निकास हुनुपर्छ (दुईबुँदे निर्णयसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ३० मंगलबार १८:४२:००

सत्तारुढ गठबन्धनको उच्चस्तरीय समन्वय समितिले सर्वोच्चको विवादमा यथाशीघ्र निकास हुनुपर्नेमा जोड दिएको छ। समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा सिंहदरबारमा मंगलबार बसेको बैठकले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी निकास दिनुपर्ने निर्णय गरेको हो। सम्बन्धित सबै पक्षबाट छिटो निकास दिने पहल हुने आशा समितिको छ। 


समितिले राजनीतिक घटनाक्रमको समीक्षा र विश्लेषण पनि गरेको छ। संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवर्द्धनमा जोड दिने निर्णय गरेको छ।