मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक ३० मंगलबार
  • Wednesday, 02 September, 2026
२o७८ कार्तिक ३० मंगलबार १६:४९:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मुगुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ३० मंगलबार १६:४९:oo

मुगुको छायानाथ रारा नगरपालिका– १ गमगढीका आगलागी पीडितलाई कर्णाली प्रदेश सकारले राहत उपलब्ध गराउने भएको छ। कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी)को बैठकले आगलागी पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।

आगलागी पीडितहरूका लागि तत्कालीन राहतस्वरूप खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र टेन्ट उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।