१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मुगुमा भीषण आगलागी, २० घर जलेर नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:४६:oo

जिल्ला सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी हुँदा २० घर जलेर नष्ट भएका छन् । मंगलबार राति करिब साढे १२ बजेदेखि सुरु भएको आगलागी बिहान साढे ४ बजे मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागी स्थानीय ठिन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर सुरु भएको भन्ने बुझिन आएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी गराए । राति साढे १२ बजे आगलागी भएको जानकारी जिप्रकामा आएपछि तत्काल सुरक्षाकर्मीको टोली आगलागी नियन्त्रणमा जुटेको उनले बताए । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणमा नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहभागिता रहेको थियो । आगलागीमा परी १७ घर, तीनवटा घुम्ती पसल खरानी भएका छन् भने करोडौँको धनमाल, जिन्सी सामान, व्यापारिक सामान जलेर नष्ट भएको र राति भएका कारण थप विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कायालय मुगुले जनाएको छ । 

 

ad
ad