काठमाडौंको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट परिचालित प्रहरी टोलीले गएराति उनीहरूलाई पक्राउ गरेको हो । कौडाको खालबाट पाँच लाख ११ हजार ५०० रुपैयाँ नगदसमेत बरामद भएको परिसरले आज एक विज्ञप्ति जारी गरी जनाएको छ। उनीहरूको विषयमा प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ ।