१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २७ शनिबार
  • Saturday, 28 September, 2024
तिवारी यादव वीरगन्ज
२o७८ कार्तिक २७ शनिबार o९:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यालय बन्द गरेर शिक्षक भ्रमणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २७ शनिबार o९:२२:oo

पर्साको पकाहामैनपुर गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय बन्द गरेर भ्रमणमा गएको पाइएको छ । चाडपर्व बिदा सकिएर भर्खर विद्यालय खुलेको छ । तर, शिक्षकहरू विद्यालयमा पढाउनुभन्दा भ्रमणतिर लागेका छन् । शुक्रबारदेखि मंगलबारसम्म पाँच दिनका लागि शिक्षकहरू भ्रमणमा गएको पाइएको हो । 

गाउँपालिका कार्यालयको पाँच लाख आर्थिक सहयोगमा उनीहरू नेपालका विभिन्न स्थानमा भ्रमणमा गएको पालिकाले जनाएको छ । गाउँपालिका कार्यालयले पालिकाभित्रका शिक्षकहरूका लागि दुईवटा ठुलो बसमा भ्रमणमा पठाएको स्थानीयवासीले बताएका छन् । 

पालिकाका अनुसार पालिकाभित्रका करिब ८८ जना भ्रमणमा निस्कने योजना रहे पनि  ६७ जना मात्र शिक्षकलगायतका कर्मचारीहरू भ्रमणमा गएका छन् । पकाहामैनपुर गाँउपालिका कार्यालयका शिक्षक संयोजक दामोदार द्विवेदीले पालिकाको आर्थिक सहयोगमा पालिकाभित्रका शिक्षकहरू भ्रमणमा निस्किएको स्वीकार गरे । 

उनले अगामी मंगलबारसम्म पाँच दिनको भ्रमणमा काठमाडौं, पोखरा र लुम्बिनीमा बिताउने योजना रहेको बताए ।पालिकाभित्रका विद्यालयका प्रधानाध्यापकहरू आन्तरिक सहमतिअनुसार बिदा मिलाएर विद्यालय बन्द गरेको उनले   बताए । गाउँपालिका अध्यक्ष विजय चौरसियाले विगत लामो समयदेखि शिक्षकहरूका लागि पालिकाबाट छुट्याइएको बजेटलाई सदुपयोग गरिएको बताए । उनका अनुसार नमुना विद्यालयको भ्रमण गर्ने उद्देश्यले शिक्षकहरू भ्रमणमा गएका छन् ।