मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २६ शुक्रबार
  • Tuesday, 17 December, 2024
२o७८ कार्तिक २६ शुक्रबार २o:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शृंखलाबद्ध ढंगले चोरीका घटनाहरू बढ्दै, भीमेश्वर मन्दिरको मूर्ति चोरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २६ शुक्रबार २o:४७:oo

पछिल्लो समय पहाडी जिल्ला दोलखामा चोरीका घटना तीव्र रूपले बढ्दै गएका छन्। जिल्लामा सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि शृंखलाबद्ध ढंगले चोरीका घटनाहरू बढ्दै गएका हुन्।

कात्तिक १० गते दोलखाको गौरीशंकर गाउँपालिका– १ जुँगुस्थित हिमचुली सहकारीका सुरक्षा गार्डको हत्या गरी नगद लुटिएको १५ दिन नबित्दै सदरमुकाम नजिकै दोलखा भीमेश्वरको मूर्ति चोरी भएको छ।

मन्दिरमा राखिएको सिसिक्यामेरामा मूर्ति चोर्दै गरेको भिडियो कैद भए पनि प्रहरीले अहिलेसम्म पनि चोरलाई नियन्त्रणमा लिन सकेको छैन। बुधबार राति अन्दाजी साढे ११ बजे भीमेश्वर मन्दिर गेटको खोपामा जडान गरिएको सरस्वतीको मूर्ति हराएको थियो। २०५२ सालमा मन्दिर जीर्णोद्वारका क्रममा जडान गरिएको शीलाको उक्त मूर्ति रडको प्रयोग गरी उक्काएर लगेको भिडियो कैद भएको मन्दिर संरक्षण समितिले जनाएको छ।

प्रहरीले उक्त भिडियो डिजिटल प्रविधिबाट अनुसन्धान गर्न र चोर पत्ता लगाउन हेडक्वाटर पठाएको दोलखाका प्रहरी निरीक्षक अन्जान कोइरालाले जानकारी दिए।