१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १२:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानसेनापति शर्मा भारतीय सेनाका मानार्थ महारथी, राष्ट्रपतिद्वारा सुशोभित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १२:४१:oo

प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्नबाट सुशोभित गरेका छन्। दिल्लीस्थित राष्ट्रपति भवनमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले मानार्थ महारथीको दर्ज्यानी प्रदान गरेका हुन्। 

मंगलबार नाै सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका शर्माले बुधबार भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतलगायतका अधिकारीहरू भेट्ने कार्यक्रम छ। उनले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री डा. एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने कार्यसूची छ। 

शर्माले मंगलबार अपराह्न भारतीय समकक्षी मनोजमुकुन्द नरभणेसँग द्विपक्षीय वार्ता गरेका थिए। वार्तामा द्विपक्षीय सैनिक सहकार्यलगायतका विषयमा छलफल भएको थियो।  प्रधानसेनापति शर्माले गत असोजमा  कार्यभार सम्हालेपछि उनको यो पहिलो भारत भ्रमण हो। 

प्रधानसेनापति शर्माको प्रतिनिधिमण्डलमा सेनाको युद्धकार्य तथा व्यवस्था महानिर्देशक (डिजिएमओ) उपरथी निर्मलकुमार थापा, सैनिक सहायक चोक ढकाल, दिल्लीस्थित सैनिक सहचारी आरसी खत्रीलगायत छन्।
 

ad
ad