१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २४ बुधबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २४ बुधबार o६:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईका ग्राहकलाई दराज ११ :११ मा १५ प्रतिशत छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २४ बुधबार o६:१४:oo

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले दराजको ११:११ अफरमा अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशत छुट पाउने भएका छन् । छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउने भएका हुन् ।  
बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा बढीमा तीन हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा बढीमा तीन हजार पाँच सय रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको उल्लेख गरेको छ ।

हाल बैंकले देशका ७६ जिल्लामा दुई सय ८६ शाखा, दुई सय ५२ एटिएम, दुई सय ६२ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।