मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २३ मंगलबार
  • Thursday, 19 December, 2024
पचली भैरवमा आधारित कथालाई नाटकको रुपमा प्रस्तुत गर्न अभ्यास गर्दै कलाकार।
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २३ मंगलबार १७:o५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

पचली भैरवको जात्रालाई नाटकका रूपमा देखाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २३ मंगलबार १७:o५:oo

काठमाडौं उपत्यकाको ऐतिहासिक पचली भैरव र भैरव जात्रालाई कलाकारको माध्यमबाट मञ्चन गरिने भएको छ। कार्तिक २५ गतेदेखि टेकुको कौशी थिएटरमा पचली भैरव र भैरवको कथामा आधारित नाटक मञ्चन गरिने भएको हो।
 
लामो समयदेखि जात्राको रूपमा मनाउँदै आइएको उक्त नाचलाई यसपटकदेखि नाटकका रूपमा प्रदर्शन गर्न लागिएको हो। जात्रा मञ्चनका लागि काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ। उक्त जात्रा प्रदर्शनका लागि अहिले कलाकारहरूले अभ्यास थालेका छन्। पचली भैरवको स्थापना र १२ वर्षे जात्रामा देखाइने कथाहरू समावेश गरी नाटकीयशैलीमा नाटक तयार गरिएको छ। 

किंवदन्तीअनुसार किराती राजा यलम्बर पञ्चलिंगेश्वर (बागमती विष्णुमती दोभान)मा साधना गरिरहेका वेला उनीसँग स्थानीय नेवार समुदायकी छोरी रुक्मिणीसँग भेट भयो। उनीहरूबीच प्रेम बढ्दै गयो। तर, उनीहरूको प्रेम वियोग भयो। त्यसपछि उनीहरू पचली भैरवको १२ वर्षे मेलामा संयोगले भेट भएको किंवदन्ती छ।
 
नेपाल मण्डलमा पचली भैरवको उत्पत्ति र दक्षिण भेगको सुरक्षासँग सम्बन्धित प्रसंग, भैरव, अष्टभैरव, अष्टमातृका, गणेश अजिमाका शास्त्रीय नाचहरू नाटकमा हेर्न पाइन्छ। नाटकका निर्देशक चन्द्रमान मुनिकारका अनुसार पचली भैरवको कथालाई नाटकमा देखाउँदा सामाजिक सद्भाव बढ्छ। नाटकमा काठमाडौंको धार्मिक आस्था र यससँग सम्बन्धित घटनाको कथालाई समेटिएको छ। नाटकमा सुदनमान मुनिकार, सृष्टिना मुनिकार, अनिसा श्रेष्ठ, सानुमैयाँ महर्जन, संगीता थापा, पवित्रा राई, सिर्जना शर्मा, युवहाङ् राई, रोशनी चौधरी, करिना सुनुवार र इंगिहोयो कोइच सुनुवारलगायत कलाकारले अभिनय गर्नेछन्। 

पचली भैरवलाई भैरवहरूमध्येका प्रमुख मानिन्छ। पञ्चलिंगेश्वर शव्द अपभ्रंस भएर पचली भएको मानिन्छ। ५ प्रकारका ऊर्जा मिलेर पञ्चलिंगेश्वर उत्पत्ति भएको किंवदन्ती पाइन्छ। काठमाडौंको व्रह्मटोल, चल्खु, टेकुलगायत क्षेत्रका स्थानीयले पचली भैरवको जात्रा धुमधामले मनाउँछन्।