१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २३ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २३ मंगलबार १७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २३ मंगलबार १७:o५:oo

देशभर थप पाँच सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा चार सय ४३ र एन्टिजेन परीक्षणमा ९० जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा १४ हजार नौ सय १८ जनाको पिसिआर परीक्षण र एक हजार आठ सय १८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

हाल देशभर सात हजार ६ सय १२ जना सक्रिय संक्रमित रहेका छन्। मंगलबार चार सय ८४ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

पछिल्लो २४ घन्टामा एकजना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार चार सय ५४ पुगेको छ।
 

ad
ad
ad
ad