१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २३ मंगलबार
  • Saturday, 29 June, 2024
२o७८ कार्तिक २३ मंगलबार १३:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सखुवाको अवैध चिरान काठ बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २३ मंगलबार १३:३o:oo

सिराहाको मिर्चैया नगरपालिका– ९ पुलिसपाटास्थित चुरे क्षेत्रबाट अवैध रूपले कटान गरी ल्याउँदै गरेको ५१ थान सखुवाको चिरान काठ बरामद भएको छ। विशेष सूचनाको आधारमा लहानस्थित डिभिजन र मिर्चैयास्थित सबडिभिजन वन कार्यालयका खटिएको सशस्त्र वन रक्षकको संयुक्त टोलीले सोमबार राति साइकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा उक्त काठ बरामद गरेको हो।

डिभिजन वन प्रमुख सुभाषचन्द्र दासका अनुसार पुलिसपाटा नजिकै  वन रक्षकहरू रहेको सुइँको पाएपछि साइकलमा काठ लोड गरेर ल्याउँदै गरेका व्यक्तिहरू भने फरार भएका छन्। सशस्त्र वन रक्षकहरूको टोलीले बरामद गरेको काठ डिभिजन वन कार्यालयमा ल्याएको छ। नापपछि मात्र उक्त काठको मूल्यको यकिन हुनेछ।

तस्करहरूले उदयपुरको दक्षिणी क्षेत्रमा पर्ने चुरे जंगलबाट सखुवाको काठ कटान गरी भरियामार्फत ल्याएको अनुमान गरिएको छ। यसअघि १४ कात्तिकमा सशस्त्र वन रक्षकहरूको टोलीले गोलबजार नगरपालिका– ८ चोहर्वा मैनाबत्ती खोलानजिकैबाट चुरे क्षेत्रबाट अवैधरूपले कटान गरी ल्याउँदै गरेको अवस्थामा २४ थान सखुवाको चिरान काठ बरामद गरेको थियो।

ad
ad
ad
ad