मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक २२ सोमबार
  • Wednesday, 02 September, 2026
२o७८ कार्तिक २२ सोमबार २o:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धतुरोको तरकारी खाँदा लमजुङमा एकको मृत्यु, दुई बिरामी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २२ सोमबार २o:५o:oo

लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा एकजनाको मृत्यु भएको छ भने दुईजना बिरामी भएका छन्। साग भनेर धतुरोको तरकारी खाँदा  ८३ वर्षीया पवित्रा खड्काको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए। 

तरकारी खाएर बेहोस भएकी ५७ वर्षीया धनकुमारी अधिकारी र ६९ वर्षीया ठगीमाया भण्डारी  बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएका छन्। 

आइतबार साँझ खानासँग धतुरोको तरकारी खाएका उनीहरू राति बेहोस भएको डिएसपी  कार्कीले बताए। उनका अनुसार सोमबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर  हेर्दा सबैजना बेहोस अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार आँखा कमजोर अवस्थाका उनीहरूले साग भनी धतुरोको तरकारी बनाएर खाएका थिए।