मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १९ शुक्रबार
  • Tuesday, 17 December, 2024
२o७८ कार्तिक १९ शुक्रबार १२:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा ढकमक्क फुल्यो सयपत्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १९ शुक्रबार १२:o८:oo

लमजुङमा सयपत्री फूल ढकमक्क फुलेकाे छ। आँगनी डिलमा फुलेका सयपत्री र गुर्दौली फूलले बेंसीसहर नगरपालिका– ८ कि सीता श्रेष्ठको मन लोभ्याएको छ। घरमै फुलेका फूलको मालाले यसपालि तिहारमा आफ्ना दाजुभाइको ‘गला’ सजाइदिने उनको योजना छ। तिहारको वेला बजारमा बनाइएका मालाभन्दा आफ्नै घरमा फुलेको, आफ्नै हातले टिपेर, गाँसेर बनाएको माला दाजुभाइलाई लगाएदिँदाको खुसी छुट्टै हुने उनी बताउँछिन्। 

उनी मात्र होइन, बेंसीसहर– ११ की कृष्णमाया श्रेष्ठको आँगनी डिलमा पनि ढकमक्क सयपत्रीका फूल फुलेका छन्। ‘घरमा फुलेको फूल टिपी माला गाँसेर यसपालिको तिहारमा भाहरूलाई लगाइदिनेछु। बेंसीसहर नगरपालिका– २ बोहोराबेंसीमा सात वर्षदेखि पुष्प व्यवसाय गरेकी हुमा गुरुङले यस वर्ष कोरोनाका कारण थोरै मात्र सयपत्री लगाएको बताउँछिन्। कोरोनाका कारण विभिन्न सभा तथा कार्यक्रम कम भएकाले फूल र मालाको मागमा समेत कमी आएपछि सयपत्रीको बिरुवा बेचेको उनी बताउँछिन्।

तीन रोपनीमा व्यावसायिक सयपत्री खेती
मर्स्याङ्दी  गाउँपालिका- ९ मा पर्ने पर्यटकीय गाउँ भलामचौरमा तीन रोपनी क्षेत्रफलमा  सयपत्री फूलखेती गरिएको छ। सितेबा ग्रुप अफ कम्पनीले स्थानीयसँग मिलेर भलामचौर गाउँमा तरकारी खेतीसँगै फूलखेती गरेको हो। तिहारको समयमा स्थानीय बजारमा भारतबाट फूल आयात हुने गर्छ। स्थानीयस्तरमा हुने फूलखेतीले जिल्लामा भारतीय फूलको आयात विस्थापन गर्न सहयोग पुग्ने सितेबा ग्रुप अफ कम्पनीका अध्यक्ष एवं कलाकार मधुसुधन पाठकले बताए। फूलखेतीले आम्दानीसँगै पर्यटक आगमन पनि बढाएको छ । फूलबारी घुम्न र फोटो खिच्न पर्यटकहरू आउने गरेका छन्।