१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १८ बिहीबार
  • Wednesday, 03 July, 2024
२o७८ कार्तिक १८ बिहीबार o९:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

सहारा एकेडेमी सञ्चालन गर्न केसी परिवारले वार्षिक १५ लाख दिने   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १८ बिहीबार o९:२७:oo

सहारा क्लब पोखराको स्वामित्वमा रहेको सहारा एकेडेमी अब ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’का नाममा सञ्चालन हुने भएको छ । एकेडेमीको नाम परिवर्तनसँगै बुधबार दुईपक्षीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार स्व. केसी परिवारले एकेडेमीलाई वार्षिक १५ लाख दिने भएको छ । स्व. केसीकी धर्मपत्नी प्रेमकुमारी केसीको उपस्थितिमा सहारा क्लबका अध्यक्ष हरि गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

 एकेडेमीमा अहिले १४ जिल्लाका २४ छात्र रहेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । एकेडेमीको यो तेस्रो ब्याच हो । १० वर्षसम्म स्व. केसीको पुण्यतिथिका अवसरमा उनको परिवारले क्लबलाई वार्षिक १५ लाख प्रदान गर्ने सम्झौता भएको क्लबका महासचिव गुरुङले बताए । सहयोगदाताका भरमा सञ्चालन हुँदै आएको एकेडेमीमा पहिलोपटक ठूलो राशिको सहयोग भएको हो । केसी परिवारले छात्रहरूको शिक्षादेखि फुटबल प्रशिक्षणसम्ममा एकेडेमीले खर्च व्यहोर्नेछ । हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अस्ट्रेलियाले सहयोग गर्दै आएका थिए । सहारा क्लबले जग्गा खरिद गरी पोखराको दोबिल्लामा एकेडेमी सञ्चालन गरेको हो । 

एकेडेमीको मूल स्रोत क्लबद्वारा बर्सेनि आयोजना हुने देउसी–भैलो र आहारारा गोल्डकप हो । स्थापनाकालदेखि क्लबको विकासमा योगदान दिएका स्व. केसीको सम्मानस्वरूप उनको स्मृतिमा क्लबको नाम परिवर्तन गरिएको हो । गत वर्ष १७ कात्तिकमा निधन भएका केसी प्रतिनिधिसभाका तत्कालीन सदस्य एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य थिए । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा केसीका छोरा तथा युवा उद्योगी प्रकाश केसीले सहारासँग बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकाले परिवारले एकेडेमीको सञ्चालनका लागि सहयोग गरेको बताए । 

ad
ad
ad
ad