१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १६ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १६ मंगलबार १५:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

टक्सार विभागमा असर्फी किन्नेको भिड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १६ मंगलबार १५:३७:oo

नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भिड लागेको छ। तिहारलाई लक्षित गरी विभागले सुन र चाँदीका असर्फी बिक्रीका लागि आह्वान गरेपछि मंगलबार विभागमा भिड बढेको हो। असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेकाले भिड बढे पनि सबैले असर्फी किन्न पाउने छैनन्।

विभागले गणेश र लक्ष्मीको फोटोअंकित असर्फी तयार गरेको छ। पाँच ग्राम असर्फीको मूल्य ४० हजार चार सय ३८ रुपैयाँ र २.५ ग्राम असर्फीको मूल्य २० हजार दुई सय १९ रुपैयाँ निर्धारण गरिएको छ । नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले दसैँ र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउँदै आएको छ ।