१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १६ मंगलबार
  • Wednesday, 26 June, 2024
गणेश लम्साल विराटनगर
२o७८ कार्तिक १६ मंगलबार १२:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ को तेस्रो मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त हुँदै, आजै शपथग्रहण 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ कार्तिक १६ मंगलबार १२:३o:oo

प्रदेश १ को  तेस्रो मुख्यमन्त्रीमा आज एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएर शपथ लिँदै छन् । आज दिउँसो २ बजे सांसद राजेन्द्र राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथग्रहण गराउँदै छन्र । प्रदेश प्रमुखको कार्यालयका अनुसार मंगलबार दिउँसो २ बजेलाई शपथग्रहण कार्यक्रम तय भएको, तर केही समय ढिलो पनि हुन सक्ने जानकारी गराएको छ । 

प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएपछि राईले आजै थप मन्त्रीहरू नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् । त्यसका लागि पाँचदलीय गठबन्धन आन्तरिक छलफलमा जुटिरहेको छ । चर्चाअनुसार माआवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो, जसपाबाट जयराम यादव, कांग्रेसबाट हिमाल कार्कीलगायतले आजै मन्त्रीको शपथ लिने तयारी भइरहेको छ। 
१० भदौमा दोस्रो मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका भीमप्रसाद आचार्यले अल्पमतमा परेपछि १५ कात्तिकमा पदबाट राजीनामा दिएका थिए । आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले मंगलबार १ बजेसम्म बहुमतको सरकार दाबी गर्ने समय दिएका थिए । तर, गठबन्धनले सोमबारै आफूहरूसँग ५० जना सांसदको समर्थन रहेको भन्दै हस्तारसहित दाबी प्रदेश प्रमुखलाई बुझाएका थिए । 

प्रदेश १ मा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्चको गठबन्धन छ । उनीहरूको कुल ५० सांसद छन् । एमालेको ४१ सांसद छन् । एकजना सांसद मात्र रहेको राप्रपा तटस्त छ । भोजपुर जिल्लाको १ (क) निर्वाचन क्षेत्रबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद राई एमाले विभाजन भएपछि एकीकृत समाजवादीमा आएका हुन् । उनी हाल एकीकृत समाजवादीको केन्द्रीय सदस्य र प्रदेश १ सभामा संसदीय दलको नेता छन् । 
 

ad
ad
ad
ad