र्याडिसन होटेलले फ्रुट सोकिङ कार्यक्रमको आयोजना गरेको छ । आइतबार होटेलमै आयोजना भएको कार्यक्रममा कूटनीतिज्ञ, खेलाडी, सामाजिक अभियन्तालगायत देशका प्रतिष्ठत व्यक्तिहरूको सहभागिता थियो ।
होटेलका व्यवस्थापक सुब्रातो बेनेर्जीले पाहुनाहरूलाई स्वागत गर्दै फ्रुट सोकिङबारे जानकारी गराए ।कार्यक्रमबारे जानकारी दिँदै उनले वर्षौँदेखि ड्राई फ्रुट, मसला, जडीबुटी, वाइन, बियर, रम र विस्की मिसाएर क्रिसमसका लागि केक तयार पारिने बताए ।