१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १५ सोमबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १५ सोमबार o७:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद

खेलकुदमन्त्रीद्वारा अलमुताइरीलाई स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १५ सोमबार o७:१o:oo

 नेपाल फर्केको दोस्रो दिनमै आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई खेलकुदमन्त्री महेश्वर गहतराजले स्वागत गरेका छन् । नेपाली राष्ट्रिय टोलीलाई तीन वर्षसम्म हेर्ने गरी सम्झौता गरेका अलमुताइरी शनिबार दिउँसो नेपाल आइपुगेका थिए । विशेष समारोहबीच खेलकुदमन्त्री गहतराजले अलमुताइरीलाई मन्त्रालयमा स्वागत गरेका हुन् । 

सामाजिक सञ्जालमा अलमुताइरीले खेलकुदमन्त्री गहतराजलाई धन्यवाद दिएका छन् । मन्त्रीसँग फुटबल विकाससम्बन्धी कुराकानी भएको अलमुताइरीले बताएका छन् । ‘खेलकुदमन्त्रीसँगको भेटबाट म निकै खुसी छु,’ अलमुताइरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज फुटबल विकाससम्बन्धी धेरै सकारात्मक वार्ता भएको छ ।’

खेलकुदमन्त्री गहजतराले फुटबलमा देखाएको सद्भावबाट आफू प्रभावित भएको बताएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङसँग कतारमा भएको छलफलपछि अलमुताइरीले तीन वर्ष नेपाली टोलीलाई प्रशिक्षण दिने सहमति गरेका हुन् । अलमुताइरी सन् २०२४ सम्म मुख्य प्रशिक्षकका रूपमा रहनेछन् । अलमुताइरीको प्रशिक्षणमा नेपालले ११ खेल खेल्यो । जसमा तीन जित मात्र निकाल्यो । नेपालले दुई खेल बराबरीमा निकाल्दा ६ खेलमा हारको सामना गर्‍यो । मन्त्री गहतराजले फुटबल विकासका लागि आफू सहयोग गर्न तयार भएको बताएका छन् ।  गत महिना माल्दिभ्समा सम्पन्न १३औँ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग ३–० ले पराजित भएको थियो ।