१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १९:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लन्डनमा प्रधानमन्त्री देउवालाई बेलायती सांसदहरूको स्वागत (भिडियो)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १९:४७:oo

कोप २६ मा भाग लिन बेलायत आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई एक समारोहबीच बेलायती सांसदहरूले स्वागत गरेका छन्। बेलायतस्थित समाजसेवी व्यवसायी रविजंग लामिछानेको संयोजन र बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय समितिको आयोजनामा शनिबार साँझ लन्डनको ’नाभेल एन्ड मिलिटरी क्लब’ मा प्रधानमन्त्रीलाई गाला डिनरसहित रिसेप्सन दिइएको हो। डिनरमा सत्तरुढ कञ्जरभेटिभ, विपक्षी लेबर, लिबेरल डेमोक्र्याटसहितका प्रमुख दलबाट बेलायतको दुवै सदनमा प्रतिनिधित्व गर्ने डेढ दर्जन सांसदहरूको सहभागिता थियो।  

प्रधानमन्त्रीको स्वागतमा लन्डनका विभिन्न बरोका दर्जनौँ मेयर तथा काउन्सिलरहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूदेखि भारत र पाकिस्तानका प्रधानमन्त्रीका सल्लाहकारहरूसमेत उपस्थित थिए। भारतीय मूलका चर्चित बेलायती उद्यमी गोपी हिन्दुजासहित बेलायतका कैयौँ प्रतिष्ठित व्यापारी, व्यवसायी पनि कार्यक्रममा सहभागी थिए।  

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्ध सधैँ गर्विलो रहँदै आएको स्मरण गरे। दुई देशको मित्रतालाई प्रगाढ र सुमधुर राख्न बेलायती संसद् र सांसदहरूको भूमिका विशेष रहेको उनले उल्लेख गरे। त्यस अवसरमा बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय समितिका अध्यक्षसमेत रहेका सांसद वीरेन्द्र शर्माले नेपालसँगको मित्रता बेलायतका लागि विशेष महत्वको रहेको बताए। लामो द्वन्दपछि नयाँ संविधानसहित नेपाल नयाँ गतिमा अघि बढिरहेको उनले बताए।
कार्यक्रममा बेलायतको विपक्षी छाया सरकारमा मन्त्रीसमेत रहेकी लेबर पार्टीकी सांसद क्याथरिन वेस्ट, पूर्वमन्त्री एवं लर्ड मार्क लांकास्टर, लर्ड शेखलगायतले मन्तव्य राखेका थिए। 

उनीहरूले प्रधानमन्त्रीलाई स्वागत र अन्तरक्रियाको अवसर जुटाउने बेलायतस्थित नेपाली समाजसेवी व्यवसायी रविजंग लामिछानेप्रति आभार प्रकट गरे। नेपालमा परोपकार र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याएका बेलायतका स्थापित व्यवसायी लामिछानेले प्रधानमन्त्रीको स्वागतमा बेलायती सांसद, राजनीतिक दलका प्रतिनिधि, व्यापारीसहितका भिआइपीहरूको जमघट गराएका हन्। बेलायत भ्रमणमा रहेका देशका प्रधानमन्त्रीको सम्मान तथा स्वागत कार्यक्रम संयोजन गर्ने अवसर आफ्नो लागि गौरवको विषय रहेको लामिछानेले सुनाए।  

ad
ad