मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक १४ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १४ आइतबार १३:४३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चाबहिल तरकारी बजारमा सनराइज बैंकको क्युआर सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १४ आइतबार १३:४३:oo

काठमाडौंको चाबहिलस्थित तरकारी तथा फलफूल बजारमा सनराइज बैंकले क्युआर सेवा उपलब्ध गराएको छ। आइतबार एक कार्यक्रमको आयोजना गरी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले क्युआर कोड हस्तान्तरण गरेसँगै सो बजारमा विद्युतीय भुक्तानी गर्ने व्यवस्था गरिएको छ।

यो व्यवस्थासँगै व्यापारी र उपभोक्ता दुवैले सहज ढंगले मालसामन खरिद बिक्री गर्न सक्ने सिइओ शर्माले बताए। उनले यसले पारदर्शीताको काम पनि गर्ने भएकाले लोन लिन चाहने व्यापारीहरूलाई पनि बैंकले सहजै विश्वास गर्न सक्ने वातावरण बन्ने स्पष्ट पारे।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले सो तरकारी तथा फलफूल बजारमा पनि विद्युतीय कारोबारबाट भुक्तानी गर्ने काम सुरु भएसँगै नगद बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको बताए।

सनराइज बैंकले हालसम्म १० हजारभन्दा बढी व्यापारिक केन्द्रमा विद्युतीय भुक्तानीका लागि क्युआर कोडको व्यवस्था गरिसकेको छ। नगद कारोबारलाई सहज बनाउन आफूहरूले विद्युतीय कारोबारका लागि आवश्यक प्रविधि भित्र्याउन जोड दिएको बैंकका सिइओ शर्माले बताए।