१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १२ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १२ शुक्रबार o७:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्वास्थ्य  संस्थालाई बैंक  अफ काठमाण्डूको  सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १२ शुक्रबार o७:४६:oo

कोभिड–१९ सँग लड्न सहयोग गर्ने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले देशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थालाई सुरक्षा सामग्री प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रियस्तर, प्रदेशस्तर, जिल्लास्तर तथा स्थानीयस्तरका अस्पताल तथा स्वास्थ्यचौकीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई), मास्क, सर्जिकल ग्लोब्स र स्यानिटाइजर हस्तान्तरण गरेको हो । 

प्रदेश नं १ को खादँबारी जिल्ला अस्पताल, प्रदेश नं. २ का स्वास्थ्यचौकी सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिकाद्वारा सञ्चालित प्राथमिक स्वास्थ्यचौकी, मिर्चैया र गढीमाई नगरपालिकाद्वारा सञ्चालित समनपुर स्वास्थ्यचौकीलाई सुरक्षात्मक सामग्री प्रदान गरेको हो ।

त्यस्तै, बागमती प्रदेशका भक्तपुर अस्पताल र कीर्तिपुर अस्पताल, लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सुदूरपश्चिम प्रदेशका टीकापुर अस्पताल र डडेलधुरा अस्पताललाई भिन्न–भिन्न समारोहबीच सम्बन्धित अस्पताल तथा स्वास्थ्यचौकीका प्रमुखलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

व्यक्तिगत स्वास्थ्य सामग्रीहरूको वितरणले कोभिड–१९ को प्रकोपबाट सिर्जना भएको कठिन परिस्थितिमा सीमित स्रोत–साधनबीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास लिएको जनाइएको छ ।