मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ११ बिहीबार १७:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्पेनका सभामुखसहितको टोलीद्वारा पाटन दरबार क्षेत्र अवलोकन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ११ बिहीबार १७:५९:००

नेपाल भ्रमणमा आएका स्पेनका सभामुख ब्लान्टा मार्टिन डेल्गाडासहितको टोलीलाई ललितपुरको पाटन दरबार क्षेत्र अवलोकन गराइएको छ। सभामुख ब्लान्टा मार्टिन डेल्गाडो नेतृत्वको २४ सदस्यीय प्रतिनिधिमण्डल टोली आज बिहान मात्रै काठमाडौं आइपुगेको थियो। बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा उनीहरू नेपाल आएका हुन्।

टोलीमा स्पेनका प्रदेशमन्त्री, मेयर र व्यवसायीहरू पनि सहभागी छन्। ६ दिने नेपाल भ्रमणमा आएका उनीहरूलाई पहिलो दिन बागमती प्रदेशका प्रतिनिधि, ललितपुर महानगरपालिकाका मेयर र पाटन संग्रहालयका कर्मचारीले दरबार क्षेत्रको अवलोकन गराएका हुन्। यसबाहेक उनीहरूलाई भक्तपुर दरबार, स्वयम्भू र बौद्धनाथको पनि अवलोकन गराइने बताइएको छ। सभामुखसहितको पाहुनाहरूको टोलीलाई विशेषतः पर्यटकीय क्षेत्रहरूको अवलोकन र राजनीतिक भेटघाटमा सरिक गराइनेछ।

कोरोना महामारीका कारण नेपालमा विदेशी पर्यटकहरूको संख्या निकै घटेको छ। लामो समयदेखि पर्यटकहरू यहाँ घुम्न आएका छैनन्। सोही विषयलाई मध्यनजर गर्दै नेपाल घुम्न आउन खोज्ने विदेशी पर्यटकहरूलाई यहाँको ठाउँ र अवस्थाबारे सन्देश पठाउन उनीहरूलाई निमन्त्रण गरेको बागमती प्रदेश सरकार कार्यालयले जनाएको छ।  पर्यटकको लागि नेपाल खुला छ भन्ने सन्देश प्रवाह गर्न बोलाइएको ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले जानकारी दिए। उनका अनुसार यहाँको वातावरण, राजनीतिक र विकासको अवस्थाबारे उनीहरूलाई जानकारी गराइनेछ।

सभामुख ब्लान्टा मार्टिन डेल्गाडोको टोलीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, शिक्षामन्त्री देवेन्द्र पौडेललगायतसँग पनि भेट गर्ने बताइएको छ।