आज बिहीबार पनि सर्वोच्च अदालतको फुलकोर्ट (पूर्ण) बैठक बस्दै छ। सर्वोच्चका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बस्न लागेको हो।
आज पनि फुलकोर्ट बैठक बस्न लागेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले नयाँ पत्रिकालाई जानकारी दिए। उनका अनुसार बैठक साढे १ बजे बस्नेछ।