१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
एजेन्सी सोल
Invalid date format १४:४८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण कोरियाका पूर्वराष्ट्रपति रोहको निधन

Read Time : < 1 मिनेट
एजेन्सी सोल
नयाँ पत्रिका सोल
Invalid date format १४:४८:oo

दक्षिण कोरियाका पूर्वराष्ट्रपति रोह टाई वुको मंगलबार ८८ वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। तर, उनको स्वास्थ्यमा सुधार भएन र मंगलबार निधन भएको हो।

डेमोक्रेटिक जस्टिस पार्टीका नेता  रोहको जन्म सन् १९३२ को डिसेम्बर ४ मा दक्षिण कोरियाकै डाएगुमा भएको थियो। पूर्वसेनाप्रमुखसमेत रहेका रोह सन् १९८८ देखि १९९५ सम्म पाँच वर्ष दक्षिण कोरियाको राष्ट्रपति रहेका थिए। उनी राष्ट्रपति भएको वेला प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको माग भई उनले त्यसलाई स्विकारेका थिए।