मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ कार्तिक ७ आइतबार २२:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नाबालकलाई यौनजन्य गतिविधि गरेको आरोपमा क्यानेडियन नागरिक पक्राउ

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ७ आइतबार २२:१५:००

नाबालकहरूलाई साथमा राखी यौनजन्य गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक क्यानेडियन नागरिकलाई पक्राउ गरेको छ । तीनजना बालकलाई साथमा राखी विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुर गरेको आरोपमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबट किनकेलीलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए ।

पोखरा महानगरपालिका– ६ लेकसाइडमा नाबालकहरूलाई ललाइफकाई, डर, त्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले छापा मार्ने क्रममा तीन नाबालकहरूलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेको अवस्थामा उनलाई फेला पारेको थापाले जानकारी दिए । प्रहरीले तत्कालै उनलाई पक्राउ गरी नाबालकहरूलाई उद्धार गरेको थियो । 

क्यानेडियन नागरिकलाई ल्यापटप १ थान, मोबाइल १ थान, राहदानी १ थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।