१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ७ आइतबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ७ आइतबार १८:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फुलकोर्ट बैठकपछि मात्र सर्वोच्च बारको धारणा आउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ७ आइतबार १८:३७:oo

सर्वोच्च अदालत बार एसोसियसनले सोमबार बस्ने पूर्ण बैठक (फुलकोर्ट) पछि मात्रै आवश्यक निर्णय गर्ने भएको छ। आइतबार बसेको बारको कार्यसमिति बैठकले सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको फुलकोर्ट बैठकपछि आवश्यक निर्णय लिने भएको हो । 

कार्यसमिति सदस्य अमिता गौतम पौडेलका अनुसार बैठक भोलि पनि बस्नेछ । ‘भोलि ४ बजे बस्ने गरी आजको बैठक सकिएको छ,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘भोलि साढे १ बजे फुलकोर्ट बैठक डाकिएको छ । बैठकको निर्णय हेरेर आवश्यक निर्णय गरिनेछ ।’

प्रधानन्यायाधीशको विवादित भूमिकाको विषयमा धारणा बनाउन सर्वोच्च बारको बैठक बसेको थियो । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेका अनुसार प्रधानन्यायाधीशको पछिल्लो विवादको विषय, न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको समितिको प्रतिवेदन कार्यान्वयनमा भएको ढिलाइ र समसामयिक विषय बैठकका एजेन्डा छन् ।