१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ७ आइतबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ७ आइतबार o७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

बचत खातामा मुद्दतीको प्रतिफल दिने ग्लोबल आइएमईको योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ७ आइतबार o७:२६:oo

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले नयाँ हाइब्रिड बचत खातामा एक लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतीमा परिणत हुने सुविधा ल्याएको हो । 

यस बचत खाताको समयावधि ग्राहकको इच्छाअनुसार एक वर्षदेखि पाँच वर्षसम्मको रहने तथा मुद्दतीमा परिणत भएको रकमको बैंकले मुद्दती खातामा प्रकाशित गरेको उच्चतम ब्याजदर कायम हुने जनाइएको छ ।

नयाँ हाइब्रिड बचत खातावाल ग्राहकहरूले एक वर्षसम्मका लागि मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा भिजा डेबिट कार्डको सुविधा निःशुल्क रूपमा प्राप्त गर्ने बैंकले जनाएको छ ।

ad
ad
ad
ad