१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ४ बिहीबार
  • Friday, 09 May, 2025
२o७८ कार्तिक ४ बिहीबार ११:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरोपीडितलाई तत्काल राहतको व्यवस्था हुन्छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ४ बिहीबार ११:४७:oo

बिहीबार सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो क्षेत्रको स्थलगत भ्रमणमा आएका प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा देशभरका बाढीपहिरोपीडितको राहत र उद्धारका लागि तीव्रता दिएको बताएका छन् ।

सुदूरपश्चिम जानुपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशमा बाढीपहिरोले पुर्‍याएको क्षतिका विषयमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलगायतका विभागीय मन्त्रीहरूसँग समेत गोप्य छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवाले क्षति पुगेका नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले कुनै कसर बाँकी नराख्ने पनि बताए । सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो क्षेत्रको स्थलगत अवलोकन भ्रमणमा जान लागेका देउवाले सुर्खेत विमानस्थलमा उनले नागरिकको जनधनको क्षतिको अनुगमनपछि थप राहत दिने बताएका हुन् ।