मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार ०७:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एडिबीले कोइलामा आधारित ऊर्जामा लगानी नगर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार ०७:५९:००

एसियाली विकास बैंक (एडिबी)ले अबदेखि कोइलामा आधारित ऊर्जा उत्पादनमा लगानी नगर्ने भएको छ । ‘एडिबीले नयाँ ऊर्जा नीति जारी गरेको छ, यसले कोइलामा आधारित ऊर्जा उत्पादनमा नयाँ लगानी नगर्ने हाम्रो बलियो प्रतिबद्धता तय गरेको छ,’ एडिबीका अध्यक्ष मासात्सुगु आसाकावाले भने । 

एडिबीले सन् २०१९ देखि २०३० को बीचमा आफ्ना विकासशील सदस्यहरूमा जलवायु परिवर्तनलाई रोक्न गर्ने लगानी एक खर्ब अमेरिकी डलर पुर्‍याउने महत्वाकांक्षाका साथ काम गरिरहेको र यो नयाँ नीतिले भविष्यमा वातावरणीय दिगो ऊर्जा उत्पादनमा संस्थाको योगदान बढाउने पनि उनले बताए । नेपालजस्तो जलविद्युत्मा आधारित ऊर्जा उत्पादनको सम्भावना भएको मुलुकलाई एडिबीको नयाँ नीतिले लाभ पुग्नेछ । 

एसिया प्यासिफिक क्षेत्रका १५ करोड मानिसहरू अझै पनि विद्युत्को पहुँचबाहिर रहेको र थप ३५ करोड मानिसहरूले पर्याप्त विद्युत् नपाएको एडिबीले जनाएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले यस क्षेत्रको ऊर्जा उत्पादन क्षमता वार्षिक सात प्रतिशतका दरले वृद्धि हुने आकलन गरेको छ । सन् २०१९ मा यस क्षेत्रमा विद्युत्को जडित क्षमता तीन हजार तीन सय ८६ गिगावाट रहेकोमा सन् २०३० मा त्यो बढेर ६ हजार एक सय १३ गिगावाट पुग्ने एजेन्सीको प्रक्षेपण छ ।