सोमबारदेखिको अविरल वर्षाले सुनसरीको धरानमा घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईका आठ वर्षीया छोरी निसु र चार वर्षीय छोरा निहान रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
मंंगलबार दिउँसो घरमाथिबाट पहिरो झरी निसानको एकतले टिनको छाना भएको घर पुरिँदा निसु र निहानको मृत्यु भएको प्रहरीले जनाएको छ ।