१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २ मंगलबार
  • Saturday, 28 September, 2024
२o७८ कार्तिक २ मंगलबार १४:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोटीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २ मंगलबार १४:४८:oo

डोटीको सायल गाउँपालिका– ६ खातिवडाका अलैतवडामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोमा परी दिलबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर कुन्जेडा र ११ वर्षीय छोरा आशिष कुन्जेडाको मृत्यु भएको डोटीका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जानकारी दिए।

सोही पहिरोमा परी घरमूली दिलबहादुर कुन्जेडा, उनकी श्रीमती वासु कुन्जेडा र छोरी बिन्दा कुन्जेडा घाइते भएका छन्। तीन दिनदेखि जारी वर्षाका कारण टेलिफोन, विद्युत् र इन्टरनेट पूर्ण रूपमा अवरुद्ध भएको छ। सञ्चार सेवा अवरुद्ध भएसँगै सूचना प्रवाह तथा संप्रेषणमा समस्या भएको प्रमुख जिल्ला अधिकारी विष्टले बताए।