पर्वत कारागारमा रहेका बन्दी दुर्गाराज पाण्डेले कारागारभित्रै आत्महत्या गरेका छन्। फलेवास नगरपालिका- ७ लिमिठानाका ५९ वर्षीय पाण्डेले मंगलबार बिहान आत्महत्या गरेका हुन्।
०७८ वैशाख २ गते सात वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा पर्वत जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राखेको थियो। उनले ०७८ असाेज २६ गते बिहान सवा ६ बजेकाे समयमा कारागार प्रशासनभित्रै रहेकाे आइसाेलेसन भवनमा झुन्डिएर आत्महत्या गरेका हुन्।