१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रतिकात्मक तस्बिर।
नयाँ पत्रिका सोलुखुम्बु
२०७८ असोज २६ मंगलबार १७:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोलुखुम्बु दुर्घटनाका दुई घाइतेलाई हेलिकाेप्टरमार्फत काठमाडौं लगियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
२०७८ असोज २६ मंगलबार १७:४२:००

सोलुखुम्बु दुर्घटनाका गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका– ६ मुक्लीबाट नेले आउँदै गरेको बा.२१च १०९ नम्बरको सुमो मंगलबार बिहान ८ बजे ब्रेक फेल भएर दुर्घटना भएको थियो।

सातजना सवार सुमो सडकबाट सय मिटर तल खसेको थियो। दुर्घटनामा सामान्य घाइते चारजना उपचारपछि घर फर्किसकेका छन् भने ज्ञानु कार्कीको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ।

गम्भीर घाइते भएका सुमोचालक नेचा सल्यान गाउँपालिका– २ सल्यानका प्रकाश राई र थुलुङ दूधकोसी गाउँपालिका– ६ मुक्लीकी सुनिता राईलाई थप उपचारका लागि हेलिकाेप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।