मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २५ सोमबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २५ सोमबार १५:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युवा र सरकारबीच सहकार्य गर्ने लक्ष्यसहित आयोग र ‘दायित्व’बीच पाँचबुँदे सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २५ सोमबार १५:४५:oo

राष्ट्रिय योजना आयोग र उद्यमशील नेपाल निर्माण गर्ने परिकल्पनाका साथ कार्यरत दायित्वबीच पाँचबुँदे सम्झौता सम्पन्न भएको छ। आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको रोहवर र सचिव केवलप्रसाद भण्डारीको उपस्थितिमा सम्झौतापत्रमा आयोगका कार्यक्रम निर्देशक डा. दिवाकर लुइँटेल र दायित्वका कार्यकारी अध्यक्ष डा. पुकार मल्लले हस्ताक्षर गरेका हुन्।

अनुसन्धानमा सहकार्य, तथ्यमा आधारित नीतिगत पैरवी, उद्यमशीलता र रोजगारी प्रवर्द्धन, नेतृत्व तथा व्यवस्थापन प्रशिक्षण र साझा प्राथमिकताका विषयमा आपसी समझदारी गरिने सम्झौतापत्रमा उल्लेख छ। 

हस्ताक्षर कार्यक्रममा उपस्थित आयोगका अधिकारीहरूलाई दायित्वको कामबारे जानकारी दिँदै सचिव केवलप्रसाद भण्डारीले यस सम्झौतापश्चात् दयित्वले तथ्यमा आधारित नीति अनुसन्धानमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

दायित्वका संस्थापक तथा कार्यकारी अध्यक्ष मल्लले संसारको कुनै पनि कुनामा रहेर राष्ट्रलाई योगदान पुर्‍याउन चाहने नेपाली युवाहरूका लागि एक नयाँ बाटोको ऐतिहासिक अध्याय सुरु भएको बताए।

आयोग र दायित्वबीचको सहकार्यकै परिणामस्वरूप हाल दायित्व नेपाल सार्वजनिक नीति फेलोसिप कार्यक्रम २०२१ अन्तर्गत अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयमा विधावारिधि गरिरहेका तासी वोङ्दी गुरुङले आयोगका लागि अनुसन्धान गरिरहेका छन्।