१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धनकुटाका विभिन्न स्थानबाट लुकाएर राखेको अवैध काठ बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:५२:oo

धनकुटाको सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा काटिएको काठ बरामद गरेको छ। इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले वडा नं. ५ खोकुको जंगलबाट असोज २२ गते अवैध रूपमा लुकाएर राखेको सालको ९० थान काठ बरामद गरेको छ।

यसैगरी प्रहरीले असोज २३ गते खोकुस्थित माझीटेन वनबाट पनि अवैध रूपमा चिरानी गरी राखेको सालको ८० थान काठ र ५६ थान गोलिया बरामद गरेको छ। त्यस्तै वडा नं. ५ कै अर्को स्थानबाट पनि सालको चिरान काठ एक सय ७३ थान नियन्त्रणमा लिएको छ।

बरामद गरिएका सबै काठ प्रहरीले सबडिभिजन वन कार्यालय आँखीसल्लालाई बुझाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी दीपककुमार रायले जानकारी दिए।

आँखीसल्लालाई बुझाएको काठ संकलन गरी डिभिजन वन कार्यालय धनकुटामा ल्याउने क्रम जारी छ। काठ बरामद भएसँगै आवश्यक अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय धनकुटाका निमित्त प्रमुख पटकबहादुर थापाले बताए। बरामद काठ अहिलेसम्म कसले, कुन उद्देश्यले काटेको हो भन्ने खुल्न सकेको छैन।

ad
ad