मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २४ आइतबार
  • Tuesday, 15 July, 2025
२o७८ असोज २४ आइतबार १४:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संघीयता कार्यान्वयनमा ढिलाइ हुँदा विरोधीहरू उत्साहित भए : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २४ आइतबार १४:३३:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयन हुन बाँकी रहेको बताएका छन्। संघीयता घोषणा भएर त्यसअनुरूप अगाडि बढिएको भए पनि नागरिकलाई अधिकारसम्पन्न बनाएर अगाडि बढ्नका लागि संघीयता सफल कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए। गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा समारोहलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री देउवाले संघीयता कार्यान्वयनमा ढिलाइ हुँदा यसका विरोधीहरू केही उत्साहित भएकोसमेत संकेत गरेका छन्। तर, उनीहरूलाई उत्साहित नहुन उनले चेतावनी दिए। ‘गर्न धेरै छ। छिटो–छरितो ढंगले विकासलाई अगाडि बढाउनुपर्नेछ। सबै दल प्रजातन्त्रका लागि लडेरै अगाडि आएका हुन्। संघीयतालाई सफल कार्यान्वयन गराउनुपर्नेछ। प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो। अहिले कोही उत्साहित भइहाल्नुपर्ने अवस्था छैन,’ उनले भने। 

देश कोरोना संक्रमणको जोखिममा अझै पनि रहेको भन्दै यसलाई निर्मूल पार्नका लागि सरकारले प्रयास गरिरहेको धारणा राखे। विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना भाइरस संक्रमण नियन्त्रणको प्रयासलाई सकारात्मक भनेको र बेलायतले समेत नेपालीका लागि प्रवेश सहज बनाएको चर्चा गर्दै उनले छिट्टै कोरोना संक्रमणमुक्त हुने गरी आफूहरूले प्रयास गरेको धारणा राखे।