१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २२ शुक्रबार
  • Wednesday, 02 July, 2025
२o७८ असोज २२ शुक्रबार ११:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २२ शुक्रबार ११:४७:oo

बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। पुर्चौडी नगरपालिका– १ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो।

पुर्चौडी– १ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन्।  कार्यालयमै रहेका वेला बेलुका साढे ७ बजेतिर मदिरा सेवन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेको स्वास्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट दीपेन्द्रबहादुर धामीले बताए।

कोरोना खोप नलगाएको भन्दै मदिरा सेवन गरेर स्वास्थ्यकर्मीमाथि हातपात र गालीगलौज गरेको बुझिएको छ। स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि असुरक्षित महसुस भएको इन्चार्ज धामीले बताए। घटनापश्चात् हाट स्वास्थ्यचौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट धामीलगायत चारजनाले  धुनसेविरुद्ध प्रहरी चौकी पुरघाटमा निवेदन दिएका छन्।

हातपात र गालीगलौज गरेको भन्दै चारजनाले निवेदन दिएका प्रहरी चौकी पुरघाटका प्रहरी निरीक्षक नीराजन सुनारले जानकारी दिए। उनले भने, ‘हातपात र गालीगलौज गरेको भनेर चार स्वास्थ्यकर्मीले निवेदन दिएका छन्। घटना के हो, के कारणले भयो भन्ने खुलेको छैन। दुवै पक्षलाई बोलाएर छलफलपछि थाहा हुन्छ ।’ हातपात र गालीगलौज गर्ने धनुसे भने फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ। रासस