१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
एमालेले सार्वजनिक गरेको नयाँ लोगो।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १४:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेको नयाँ लोगोप्रति माओवादी केन्द्रको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:५६:oo

नेकपा एमालेले सार्वजनिक गरेको नयाँ लोगोप्रति नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ। एमालेले आफ्नो पार्टीको चुनाव चिह्नसँग मिल्ने खालको लोगो बनाएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको हो।

एमालेले गत असोज १५, १६ र १७ मा गरेको विधान महाधिवेशनबाट पार्टीको नयाँ लोगो सार्वजनिक गरेको थियो। उक्त लोगोमा सूर्यभित्र हँसिया हथौडा अंकित गरिएको छ। माओवादीले आफूहरूको चुनाव चिह्न, गोलाकारभित्रको हँसिया हथौडासँग मिल्दो लोगो एमालेले प्रयोग गरेको दाबी गरेको छ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एउटा दलको चुनाव चिन्ह अर्कोले प्रयोग गर्न नमिल्ने प्रतिक्रिया जनाएका छन्। 'लोकतन्त्रमा विधिको शासनलाई अवलम्वन गर्नु पर्छ। निर्वाचन कानुन अनुसार एउटा दललाई दिई सकेको चुनाव चिन्ह अर्को दलले चुनाव चिन्ह वा लोगोको रुपमा प्रयोग गर्न मिल्ने देखिन्न,' गुरुङले नयाँ पत्रिकासँग भने।

माओवादी केन्द्रका केन्द्रीय कमिटी सदस्य गणेश शाहले यस विषयमा पार्टीको ध्यानाकर्षण भएको बताउँदै नयाँ पत्रिकासँग भने, ‘बैठकमा विधिवत् रूपमा कुरा भने उठेको छैन। एउटाको चिह्न अर्कोले लियो भने त्यसको कि त राजनीतिक रूपमा प्रतिरोध हुन्छ कि त कानुनी उपचार खोजिन्छ। पार्टीमा छलफल गरेर अगाडि बढ्छौँ।

गोलाकारभित्रको हँसिया हथौडाअंकित चुनाव चिह्न माओवादी केन्द्रले प्रयोग गर्दै आइरहेको छ।

ad
ad