मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २१ बिहीबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २१ बिहीबार १३:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले आज साँझसम्ममा मन्त्रीको टुंगो लगाउँछ : प्रवक्ता शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २१ बिहीबार १३:३२:oo

नेपाली कांग्रेसको बिहीबार साँझसम्ममा कांग्रेसबाट मन्त्री बन्नेको नाम टुंगो लगाउने भएको छ। बिहीबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीअनुसार कांग्रेसले नाम टुंगो लगाउन लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।

प्रवक्ता शर्माले केही विषय टुंगो नलाग्दा बुधबार नाम टुंगो लगाउन नसकिएको नयाँ पत्रिकालाई जानकारी दिए। ‘बुधबार केही विषय टुंगो लाग्न नसक्दा नाम छनोट हुन नसकेको हो। आज साँझसम्म टुंगो लाग्छ,’ उनले भने।

मन्त्रालय विस्तारका क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तीन मन्त्रालयको दाबी गरेपछि संख्याको विषयलाई लिएर कांग्रेसमा विवाद भइरहेको छ।