Skip This
पाकिस्तानबाट बोलाएर अपहरण गरिएका फैजानको परिवारसँग मागियो २० हजार डलर फिरौती
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २१ बिहीबार
  • Monday, 08 July, 2024
टेकराज थामी काठमाडौं
२o७८ असोज २१ बिहीबार o७:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

पाकिस्तानबाट बोलाएर अपहरण गरिएका फैजानको परिवारसँग मागियो २० हजार डलर फिरौती

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २१ बिहीबार o७:२८:oo

क्यानाडा पठाइदिने प्रलोभनमा काठमाडौं बोलाएर परिवारसँग फिरौती माग्ने दुई पाकिस्तानी पक्राउ

२० हजार अमेरिकी डलर फिरौती रकम असुल्न अपहरणकारीले एक पाकिस्तानी नागरिकलाई नेपाल ल्याएको खुलेको छ । अपहरणमा संलग्न अभियुक्त पनि पाकिस्तानी नै हुन् । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार अपहरणमा परेका पकिस्तानी फैजान अहमद हुन् । अपहरणमा संलग्न अभियुक्त भने जेसन मोहम्मद र ताज रिजवान हुन् । जेसन र ताजलाई प्रहरीले ठमेलस्थित होटेलबाट मंगलबार पक्राउ गरेको थियो । अपहरित फैजानले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । 

एसएसपी किरण बज्राचार्य : प्रमुख, महानगरीय प्रहरी परिसर ललितपुर

अपहरणमा परेको भन्दै एक पाकिस्तानी नागरिकले हामीकहाँ जाहेरी दिए । घटनाको अनुसन्धान भयो । जाहेरीमा उल्लेखित घटनालाई पुष्टि गर्ने केही आधारमा पनि भेटिए । हामीले अभियुक्तको खोजी गर्‍यौँ । यसक्रममा दुई पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

आफू अपहरित भएको भन्दै फैजानले सोमबार नै प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । लगत्तै अनुसन्धानमा खटिएका प्रहरी टोलीले घटनामा संलग्न भएको अभियोगमा जेसन र ताजलाई ठमेलबाट पक्राउ गरेको थियो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले अपहरणको अभियोगमा दुई पाकिस्तानी नागरिक पक्राउ परेको जानकारी दिइन् । ‘अपहरणमा परेको भन्दै एक पाकिस्तानी नागरिकले हामीकहाँ जाहेरी दिए । घटनाको अनुसन्धान भयो । जाहेरीमा उल्लेखित घटनालाई पुष्टि गर्ने केही आधार पनि भेटिए । हामीले अभियुक्तको खोजी गर्‍यौँ । यसक्रममा दुई पाकिस्तानी नागरिक पक्राउ परेका छन्,’ उनले भनिन् ।

प्रहरीका अनुसार जेसन र ताज तीन साताअघि नेपाल आएका थिए । उनीहरूले धापाखेलस्थित सिभिल होम्सको एक आपार्टमेन्ट भाडामा लिए । क्यानडा पठाइदिने प्रलोभनमा फैजानलाई नेपाल बोलाए । फैजान नेपाल आउन राजी भए । सोहीअनुसार उनी सोमबार जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिए । उनलाई रिसिभ गर्न जेसन र ताज विमानस्थलमै थिए । उनीहरूले फैजानलाई रिसिभ गरे । लिएर सीधै धापाखेलस्थित सिभिल होम्सको अपार्टमेन्ट लगे । जबरजस्ती कुर्सीमा राखे अनि हातखुट्टा बाँधे । 

अपहरणकारीको पन्जाबाट फुत्केर प्रहरीमा उजुरी
प्रहरीका अनुसार अपहरणमा संलग्न जेसन र ताजले पाकिस्तानस्थित फैजानको परिवारसँग २० हजार अमेरिकी डलर फिरौती मागेका थिए । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले २० हजार अमेरिकी डलर फिरौती मागिएको अनुसन्धानबाट देखिएको बताए । ‘पाकिस्तानी नागरिक अपहरणमा परेको घटना अनुसन्धान भयो । अपहरणकारीले २० हजार अमेरिकी डलर फिरौती रकम मागेको अहिलेसम्मको अनुसन्धानबाट देखिन्छ । यति रकमका लागि उनीहरूले पाकिस्तानदेखि बोलाएर किन अपहरण गरे ? यसमा को–को संलग्न छन् ? हामीले खोजी रहेका छौँ । अनुसन्धान विस्तृत ढंलले हुँदै छ । सबै तथ्य पछि खुल्दै जानेछन् ।’

प्रहरीका अनुसार अपहरित फैजान मंगलबार अपहरणकारीको पन्जाबाट भाग्न सफल भएका थिए । त्यसलगत्तै उनी जाहेरी बोकेर ललितपुर प्रहरी कार्यालय पुगेका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार घटनास्थलबाट फैजानलाई बाँधिएको डोरी, कुर्सी, मुख छोप्न प्रयोग गरिएका टेप, फिरौती रकम उल्लेख भएका सन्देशसहितका मोबाइललगायत सामग्री बरामद भएको छ । महर्जनले भने, ‘घटनास्थलबाट अपहरणमा प्रयोग गरिएका डोरी, टेप, कुर्सीलगायत सामग्री फेला परेको छ । जसले जाहेरीवालाको अभियोग पुष्टि गर्छ । सोही कारण हामीले घटनालाई चासोपूर्वक अनुसन्धान गरेका हौँ । यसको विस्तृत पाटो अझै खुल्न बाँकी छ ।’

ad
ad
ad
ad