मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २० बुधबार १८:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्रीले संसदीय समितिमा भने– एमसिसी, बिआरआईलगायतका विषय सहमतिमा अघि बढ्नुपर्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २० बुधबार १८:५५:००

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्रमन्त्री खड्कालाई बोलाएर समितिले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको हो । 

समितिको बैठकमा खड्काले एमसिसी, सीमा, बाँध, बिआरआईलगायतका सबै मुद्दा सहमति र विश्वसनीयताका आधारमा मात्रै पास गर्नुपर्ने बताए । उनले सहमति नभई र राष्ट्रिय हितविपरीत मुद्दाहरू पेस गर्न नमिल्ने पनि उनले बताए । खड्काले राष्ट्रको हितविपरीत कुराहरू पास गर्न नहुने भन्दै सम्झौता गरिएका मुद्दाहरू राष्ट्रिय हितमा छन् वा छैनन् भन्ने कुरा अनुसन्धान गरेर मात्रै निर्णय लिनुपर्ने बताए । उनले सत्तामा एउटा र बाहिर हुँदा अर्को आवाज निकाल्ने हो भने परराष्ट्रहरूसँगको विश्वसनीयता हट्ने भन्दै सबै सम्झौताहरू गर्दा अध्ययन आवश्यक भएकोमा जोड दिए । 

उनले भने, ‘राष्ट्रिय हित भनेको कुनै एउटा पार्टीको होइन, त्यसैले साझा सहमति हुन सक्यो भने मात्रै अहिले उठेका मुद्दाहरूलाई सम्बोधन गर्न सक्छौँ, होइन भनेदेखि खेल्छन् नै खेलिन्छन् नै, त्यसैले हामीले सबैभन्दा पहिलो कुरा नेसनल युनिटी एप्रोज हुनुपर्यो, त्यो एप्रोज भएपछि मात्रै मोडल्ट ठूलो हुन्छ, मसँग परराष्ट्रमन्त्रीको पद त छ, कपडा लगाउन पनि सिकाएको छ,, पदले मलाई टाइ र सुट पनि बाँध्न सिकाएको छ, तर मेरो नैतिक शक्ति भएन भने आत्मविश्वास हुँदैन, जहाँ नैतिक पावर हुँदैन त्यसले आत्मविश्वासलाई कमजोर बनाइदिन्छ, हामीले अहिलेका हाम्रा आउटस्ट्यान्डिङ इस्युजहरू बाँकी मुद्दाहरू, सीमाका, बाँधका, एमसिसीका, बिआरआईका, यी सबै तमाम मुद्दाहरू हामीले सम्बोधन गर्न सक्नुपर्छ, त्यसैले मेरो सबैभन्दा पहिलो प्राथमिकता नै सहमति गर्ने हो, एमसिसी पनि सहमतिबाटै गर्ने हो, हाम्रो हितमा छ भने पास गर्ने हो, हितमै छैन भने किन पास गर्ने ? तर हितमा छ कि छैन भन्ने कुरा अनुसन्धान गरौँ, अनि समस्या विश्वसनीयताको छ, भदौ २९, ०७६ सालमा हामीले सही गरेर आएका छौँ एमसिसीको, त्यो सही के हो त ? अर्थमन्त्रीबाट नेपालको तथा धेरै मुलुकको अर्थमन्त्रीले हस्ताक्षर गर्दै आउनुभएको छ, त्यसमा फेरि संयुक्त सरकार, खास गरी दुईवटा माओवादी र कांग्रेसको सरकार थियो, अब त्यसलाई हामीले पास गर्ने कि नगर्ने ? त्योभन्दा अघि हामीले किन अध्ययन गरेनौँ ? बाबुरामजीदेखि अहिलेको प्रधानमन्त्री शेरबहादुर देउवासम्म आइपुग्यो ७ जना प्रधानमन्त्री इन्भल्ब भइसक्नुभयो, अहिलेसम्म आइपुग्दा किन अध्ययन हुन सकेन ? होएर आर विई ? कहाँ छौँ हामी ? हामीले सत्तामा हुँदा एउटा र बाहिर हुँदा अर्को आवाज गर्यौं भने विश्वसनीयता गुम्छ, अनि पत्याउँदैनन् हामीलाई, हामी कमजोर हुन्छौँ, हाम्रो हितमा छैन भने भनौँ, माई डियर अमेरिका फ्रेन्ड्स हामीले हाम्रो हितमा पाएनौँ सरी, तर हामीले सही गरिसक्यौँ अब के गर्ने ?’

बैठकमा नवनियुक्त परराष्ट्रमन्त्रीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै अबको परराष्ट्रनीति कस्तो बनाउने भन्नेबारेमा छलफल भएको थियो । खड्काले सांसदहरूको प्रश्नको जवाफमा अबको परराष्ट्रनीति नजिकका मित्र र अन्य परराष्ट्रहरूसँगको सम्बन्धलाई एकताबद्ध गरेर जानुपर्ने बताए ।