मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १९ मंगलबार
  • Saturday, 12 July, 2025
२o७८ असोज १९ मंगलबार १५:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगलागी हुँदा भेडाका २५ पाठा जले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १९ मंगलबार १५:o६:oo

जुम्लाको हिमा गाउँपालिका– २ स्थित भेडीखर्कमा आगलागी हुँदा भेडाका २५ वटा पाठा जलेर मरेका छन्। सोमबार दिउँसो खर्कमा आगलागी हुँदा दत्तबहादुर शाही, धनबहादुर रोकायासहित १२ कृषकका २५ पाठा जलेर मरेका हुन्।

खर्कमा कोही नभएको समयमा आगलागी हुँदा भेडाका पाठासहित २० भन्दा बढी राडीकम्बल, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भएका छन्। करिब चार हजार मिटर उचाइमा रहेको खर्कसमेत जलेर नष्ट भएपछि ओत लाग्ने स्थान नहुँदा भेडापालक किसान आगो बालेर रात काटिरहेका छन्।