मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १७ आइतबार १९:४०:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीको दाबी– यो सरकार दक्षिणतिर फर्केर बोल्न पनि सक्दैन, एमाले सरकार ढाल्न लाग्नेहरू सबै विरोधी

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १७ आइतबार १९:४०:००

प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार बेहाल अवस्थामा रहेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले वर्तमान सरकार खाने धन्दामा मात्रै लागिपरेको आरोप लगाए । 

तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजित पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले देशका नागरिकको अधिकारका लागि सरकारले दक्षिणतिर फर्केर बोल्नसमेत नसकेको बताए । 

ओलीले १५ महिनापछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने र त्यसले मात्रै देश र जनताको हितमा काम गर्ने दाबीसमेत गरे । उनले भने, ‘सम्भवत १५ महिनापछि चुनाव हुन्छ । एमालेको सरकार आउँछ । र, त्यसले मात्रै यो काम गर्छ । म अहिलेको सरकारले सुन्ने गरी भन्न चाहन्छु । अहिलेको सरकारले सुनोस् वैशाखभित्र काठमाडौंमा पानी झारेर देखाओस्् ऊ आफैँले नापेर जोखेर भनेको कुरा उसले देखाओस्, वैशाखसम्ममा काठमाडौंमा पानी झारेर देखाओस् तर उहाँहरूलाई इख छ भने प्रतिपक्षलाई त मेख मार्ने गरी देखाउनुहोस् । गोदावरीमा गएर केपी ओलीले यस्तो बोलेको थियो । सक्दैन सरकारले भनेको थियो । झा¥यौैँ पानी भन्न सकोस् । अँ, त्यतिले ग¥यो भनेर कमसेकम मैले भन्न परोस् । तर त्यो गर्नेवाला छैन । मैले फेरि त्यसवेला वैशाखमा भाषण गर्नेछु । वैशाखमा पानी झार्दैनन् भने झारेनन् । यिनीहरूले सक्दैनन् भनेर म फेरि दोहो¥याउनेछु । अहिले मैले धेरै केही भनिरहनुपर्दैन । बेहाल अवस्था छ । नेपालको आकाशमा विदेशी हेलिकोप्टर घुम्यो भन्छन्, हो कि होइन भन्न सक्दैन । हो भने हो भने हुन्थ्यो । होइन भने होइन भने हुन्थ्यो नि । हो कि होइन, अहिलेसम्म पनि चुप छ । तुइन काटेर झारेर मारिन्छ एउटा नेपाली । नबोल है भनेर पत्रकारलाई सर्कुलर गर्छ । छानबिन समिति बनाउँछ त्यसले भन्छ– यस्तो दुर्घटना भएकै हो । त्यो रिपोर्ट लुकाउन खोज्छ । दक्षिणतिर फर्केर बोल्न पनि सक्दैन । उनीहरूसँग भन्ने आँट त गर्दैन । आफ्नो देशको नागरिकका लागि आफ्नो देशको हक अधिकारका लागि आफूले न्याय पाउनका लागि बोल्न सक्दैन भने कस्तो सरकार हो ? अरूलाई अरूको धन्दा यो सरकारलाई खानाको धन्दा । यसको ध्यान अन्त छैन ।’

ओलीले एमालेभित्र नेतृत्व स्थापित हुन नदिन विरोधीहरूले देवत्वकरणको हल्ला फिँजाइरहेको दाबीसमेत गरे । उनले आफूहरू कसैले पनि देवत्वकरण नगरेको तर नेतृत्वको वरिपरि पार्टी र आन्दोलनलाई एकीकृत गराउने काम गरिरहेको जिकिर गरे । 

ओलीले विरोधीहरू आफू बाँचेको, कार्यकर्ता र जनताले माया गरेकोमा चिन्तित भएको पनि बताए । उनले भने, ‘एउटा हल्ला चलाएका छन्, भन्ने गर्छन् । त्यहाँ नेकपा एमालेमा बोल्नै पाइँदैन । उनीहरूले के खोजेका छन् भने यहाँ बहुत झगडा भइदिए हुन्थ्यो, मारकाट भए हुन्थ्यो । नेता कोही स्थापित हुन नपाए हुन्थ्यो । सब खुइलिए हुन्थ्यो । सबैलाई खुइल्याउन पाए हुन्थ्यो । आफ्नै पार्टीभित्र अनेक लाञ्छना लगाउन पाएदेखि उसैलाई समाएर भन्न पाइन्थ्यो अनि उनीहरू देवत्वकरणको कुरा उठाउँछन् । हामी कसैलाई देवता मान्दैनौँ । देवत्वकरण गर्दैनौँ तर लिडरसिप हुन्छ, लिडरसिपका वरिपरि पार्टी एकीकृत हुन्छ । आन्दोलन एकीकृत हुन्छ । त्यो स्वभाविक हो । पुष्पलालका वरिपरि, पुष्पलालले अघि सारेका विचारका वरिपरि हामी सबै आजसम्म गोलबन्द भएका छैनौँ ? कार्लमाक्र्सले अघि सारेका दर्शन सिद्धान्तहरूको वरिपरि हामी गोलबन्द भएका छैनौँ ? लेलिनका वरिपरि सिंगै रुस गोलबन्द भएन ? माओको वरिपरि सिंगै चीन गोलबन्द भएर क्रान्ति सम्पन्न गरेन ? छरिएका किसान, न हतियार छ न केही । त्यस्तो अवस्थामा वैदेशिक शक्ति आर्जन गरेको सत्ताधारीलाई खाली हात भएका, छरिएर रहेका गाउँका किसानहरूलाई एकीकृत गरेर कसरी आन्दोलन गरियो । त्यसवेला पनि यस्ता कुरा चले । मदन भण्डारी हुँदा मदन भण्डारीलाई देख्न सकिएन । पुष्पलाल हुँदा पुष्पलाललाई एउटा महाधिवेशन पनि गर्न दिइएन । तपाईं नेता हो भन्न छोडिएन तर हुर्मत लिने काम पनि सधैँ भइरह्यो । नेता हो भन्ने तर महासचिव अर्को बनाइहाल्ने । पुष्पलालका विचार पास हुने तर उनका विचार एकातिर पन्छाउने अरूले मनपरी गर्ने । त्यसखालका कुराहरू रहे । नेतृत्व स्थापित भएन भने एउटा भनाइ छ । नायकै नायकको झगडा भयो भने नायकै नायक हुुनुपर्छ तर एकताबद्ध नायक । जस्तो हाम्रो टिम छ । हामी थुप्रो नेता छौँ । तर एकताबद्ध छौँ । हामी एकताबद्ध भएनौँ भने सबै नेतै नेता भएर बुरुक्क बुरुक्क उफ्रेऊँ भने जुन दिन रानो हुँदैन त्यो दिन मौरीको गुड समाप्त हुन्छ । त्यसकारण हाम्रो एकतालाई तोड्नका लागि अनेक खालका भ्रमहरू चलाइरहन्छन् । त्यसप्रति हामी सतर्क हुनुपर्छ । अहिले हाम्रा विरोधीहरू दुइटा कुराले अत्यन्तै चिन्तित छन् । एउटा म बाँचिराखेको हुनाले चिन्तित छन् । यो बिरामी हुन्छ, अप्रेसन गर्छ । फेरि किड्नी फेर्छ, फेरि के गर्छ । फेरि बाँच्छ । बिरामी भयो फेरि बाँच्छ । एउटा त्यो । अर्को कुरा कार्यकर्ताले, जनताले असाध्यै धेरै माया गर्छन् । त्यसले एमालेलाई फाइदा पुग्छ । जनता गोलबन्द हुन्छन् । त्यसकारण चिन्तित छन् । बाँचेकैमा चिन्तित छन् त म के गरुँ ? म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु । मलाई एउटा प्रिय साथीका रूपमा तपार्इंहरूले जुन विश्वास दिनुभएको छ । त्यो विश्वास एक थोपो पनि तलमाथि पर्र्नेछैन । देशको हितविरुद्ध, जनताको हितविरुद्ध, प्रगतिको विरुद्ध, पार्टीको हितविरुद्ध एउटा पनि कदम मबाट चालिनेछैन । म अहिले व्यक्तिको रूपमा होइन, पाार्टीको अध्यक्षको रूपमा भन्दै छु । नेकपा एमालेको अध्यक्षको रूपमा भन्दै छु । मलाई लाग्दछ, नेकपा एमालेलाई बुहमतमा पु¥याएर यस्ता ेउस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पु¥याउनेछु ।’

ओलीले आफ्नो पार्टी नेतृत्वमा सरकार ढाल्न लाग्नेहरू सबै विरोधी भएको बताए । उनले विरोधीले गालामा थप्पड हान्दा पनि शास्त्र पल्टाउने काम नगर्न पनि पार्टीपंक्तिलाई आह्वान गरे । उनले भने, ‘अब हामी आगामी दिनमा धेरै अल्मलिनुहुँदैन । कहिले कहिले सिद्धान्त र व्यवहारमा हामी अल्मलिन्छौँ । विरोधीले थप्पड हानिसक्छ गालामा । अनि हामी शास्त्र पल्टाउन थाल्छौँ । शास्त्रले के भन्छ ? यो गालामा हान्ने विरोधी हो कि होइन ? यो गालामा हान्नेलाई शास्त्रमा विरोधी मान्छ कि मान्दैन ? शास्त्र पल्टाउन थाल्छौँ । यति सारो शास्त्रवादी हुनुपर्ने जरुरी छैन । जो तपार्इंसँग लडिराखेको छ, त्यो विरोधी हो । जो तपार्इंसँग लडेको छैन, सँगै काम गरिराखेको छ । त्यो मित्र हो । हाम्रो पार्टीको बिग्रिएका मान्छे को हुन् ? जो पार्टी छोडेर गए । जो यहाँ छन्, उनीहरू सप्रेका हुन् भन्ने प्रमाण योभन्दा अरू बढी केही चाहिन्छ ? छर्लंग छ नि । त्यसकारण हाम्रा विरोधी को हुन् ? जो हामीसँग लडिरहेका छन । हाम्रो सरकार ढाल्न जजसले भूमिका खेले । जसले हामीलाई प्रतिपक्षमा पु¥याए । कम्युनिस्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनु अग्रमन र क्रान्तिकारिता हो भनेर गए । नेकपा एमालेको सरकार ढालेर क्रान्ति ग¥र्यौँ भने । यो पार्टी काम लाग्दैन रे भनेर केही मान्छेले गएर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरी खेले । अरू पार्टी दर्ता गर्ने सिलसिला चलेको छ । यो पार्टीले देशलाई कहाँबाट कहाँ पु¥यायो भन्ने देख्दादेख्दै यसलाई सिध्याउनुपर्छ र अर्को पार्टी खोलेर त्यसबाट बनाउँछु भन्ने । त्यो पनि कस्तो भन्दा मैले सुनेको थिएँ, गाईको पुच्छर तरेर बैतर्नी तर्छन् भनेर । अर्को, अर्को के को पुच्छर समातेर बैतर्नी तर्न खोज्यो कसैले भन्ने सुनेको थिएँ । अहिले अर्कै पुच्छर समातेर बैतर्नी तर्ने खेल तपार्इं हामीले देखेका छौँ । हामी कुनै अन्योलमा, अलमलमा पर्नुपर्दैन । हाम्रै पार्टीका कतिपय साथीहरू वर्ग सम्बन्धले गर्दा, भ्रमले गर्दा स्थानीय अन्तरविरोधले गर्दा कतिपय कुराले पार्टीबाट अलग भएका, अलमलमा परेका, भ्रममा परेका, तानेर लगिएका हुन सक्दछन् । त्यस्ता साथीहरूलाई फर्काउनुपर्छ । माथिबाट पनि हामी प्रयास गर्छौँ । तल सबैतिरबाट पनि अलमलमा अलमलिएर गएका साथीहरूलाई, भ्रममा परेका साथीहरूलाई फर्काउनका लागि प्रयास गर्न म साथीहरूलाई आग्रह गर्दछु ।’

अध्यक्ष ओलीले मुलुकको समृद्धि र विकासका लागि एमाले नेतृत्वको बहुमतको सरकार आवश्यक रहेको उल्लेख गर्दै सोहीअनुसारको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।