मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
२o८२ भदौ ३० सोमबार o९:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल र वेस्ट इन्डिजबिचको सिरिजको नाम ‘युनिटी कप’

नेपालले २८, २९ र ३० सेप्टेम्बरमा वेस्ट इन्डिजविरुद्ध शारजहाँ रंगशालामा प्रतिस्पर्धा गर्नेछ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार o९:१३:oo

नेपाल र वेस्ट इन्डिजबिचको ऐतिहासिक टी–२० आई सिरिजको नाम ‘युनिटी कप’ हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सामाजिक सञ्जालबाट सिरिजको नाम युनिटी कप हुने जनाएको छ ।  यस सिरिज नेपालले भोगेको अप्रत्याशित परिस्थिति र परिणामका कारण ज्यान गुमाएकाप्रति समर्पित रहने क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

‘हामी खेलकुदको शक्तिमा विश्वास गर्छौँ । जसले हृदयलाई एकताबद्ध र राष्ट्रलाई प्रेरित गर्छ । युनिटी कप भनेको सबैलाई एकसाथ ल्याउन, बलियो बन्धन निर्माण गर्न जोस र सद्भावका साथ निको पार्ने र पुनर्जीवित गर्ने हाम्रो आह्वान हो,’ लामाले भने । 

नेपालले पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग ऐतिहासिक रूपमा टी–२० आई सिरिज खेल्न लागेको हो । दुईपटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजले नेपालविरुद्ध शारजहाँ रंगशालामा प्रतिस्पर्धा गर्नेछ । ‘हामी एक भएर उभिएका छौँ । पहिलेभन्दा ठुलो, राम्रो र बलियो भएर बाहिर निस्कनेछौँ । हामी यो शृंखला गत हप्ता अप्रत्याशित परिस्थिति र परिणामका कारण ज्यान गुमाएका सबै जीवनहरूको सम्मानमा समर्पित गर्दछौँ,’ क्यानका प्रवक्ता लामाले भने । नेपालले २८, २९ र ३० सेप्टेम्बरमा वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नेपालले यस सिरिजलाई ओमानमा हुने आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटको तयारीका रूपमा लिएको छ । यसअघि नेपालले अस्ट्रेलियामा स्थानीय टोलीसँग अभ्यास खेल खेलेको थियो ।