मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
२o८२ भदौ ३० सोमबार १o:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

 एसिया कप टी–२० क्रिकेट : बंगलादेशमाथि श्रीलंकाको सानदार जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार १o:५३:oo

 एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा श्रीलंकाले बंगलादेशमाथि ६ विकेटको सानदार जित निकालेको छ । अबुधाबीमा बंगलादेशले समूह ‘बी’को खेलमा पहिलो ब्याटिङ गरी २० ओभरमा पाँच विकेट गुमाएर १३९ रन बनाएको थियो । प्रत्युत्तरमा श्रीलंकाले १४.४ ओभरमा चार विकेटको नोक्सानीमा १४० रन जोड्यो । श्रीलंकाले निर्धारित ओभरभन्दा ३२ बलअघि नै जित निकालेको हो । 

श्रीलंकाको जितमा ओपनर पथुम निसांकाले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरी ५० रनको योगदान दिए । तेस्रो क्रममा ब्याटिङ गरेका कमिल मिस्रराले नटआउट रहँदै ३२ बलमा ४६ रन जोडे । उनले चार चौका र दुई छक्का प्रहार गरेका थिए । बंगलादेशी बलरले २१ अतिरिक्त रन दिए । यसअघि ब्याटिङ गरेको बंगलादेशको इनिङ्समा जाकेर अली र समिम हुसेनले नटआउट योगदान गरे । 

अलीले ३४ बलमा दुई चौकाको सहयोगमा ४१ रन जोडे । हुसेनले ३४ बलमा तीन चौका र एक छक्का प्रहार गरी ४२ रन बटुले । बंगलादेशले दुवै ओपनर शून्यमा गुमाएको थियो । कप्तान लिटन दासले २८ रन बनाए ।