मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ३० सोमबार १o:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संकटको समयमा गुप्तचर नेतृत्वविहीन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार १o:२१:oo

 विषम परिस्थितिमा सक्रिय हुनुपर्ने देशको एक मात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग नेतृत्वविहीन बनेको छ । विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापाले शनिबारदेखि अवकाश पाएसँगै विभाग प्रमुखविहीन बनेको हो । राजनीतिक संक्रमणकालका कारण निमित्त प्रमुख पनि तोकिएको छैन । 

विभागका अतिरिक्त मुख्य निर्देशक ओम जोशी र टेकेन्द्र कार्की प्रमुख हुने प्रतिस्पर्धामा छन् । प्रधानमन्त्री सुशीला कार्कीले दुईमध्ये कसैलाई पनि निमित्तको जिम्मेवारी दिएकी छैनन् । मन्त्रिमण्डल बनेपछि मन्त्रिपरिषद्बाटै निर्णयको तयारी रहेको स्रोत बताउँछ ।

मुख्यसचिव एकनारायण अर्यालले दुवै अतिरिक्त मुख्य निर्देशकलाई आ–आफ्नो जिम्मेवारीमा खटिन निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ । तर, संकटको समयमा विभागलाई नेतृत्वविहीन राख्दा झन् समस्या आउन सक्ने जोखिम छ । परिवर्तित अवस्थामा विभागलाई चुस्त बनाउन सक्ने नेतृत्व चयन हुनुपर्ने माग उठेको छ ।