मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १२ मंगलबार o६:५१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ओमानसँग नेपाल सात गोलले पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार o६:५१:oo

दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप २०२१ को तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानसँगको मैत्रीपूर्ण खेल ७–२ ले गुमाएको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको अन्तिम तयारीस्वरूप नेपालले ओमानसँग सोमबार मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि नेपालले साफकै तयारीस्वरूप काठमाडौंको दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । युवा खेलाडी सम्मिलित नेपाली टोलीले कतारमा सम्पन्न मैत्रीपूर्ण खेलको मध्यान्तरपछि एकरूपताका साथ प्रदर्शन गर्न सकेन ।

यद्यपि, पहिलो हाफमा फिफा वरीयतामा आफूभन्दा निकै माथि रहेको ओमानलाई २–१ मा रोकेको थियो । तर, दोस्रो हाफमा नेपालले पाँच गोल व्यहोर्‍यो । ओमानले पहिलो हाफमा केही यूवा खेलाडीलाई प्रयोग गरेको थियो । मध्यान्तरअघि नेपालले कडा चुनौती दिएपछि ओमानले दोस्रो हाफमा फुल सेट खेलाडी नै उतार्‍यो । जसका कारण नेपाल दोस्रो हाफमा निकै दबाबमा देखिएको हो । ओमानले खेलको नवौँ मिनेटमा फमी सइदको गोलसँगै अग्रता लियो । ओमानका लागि पहिलो हाफमा मोहसने गोहराले गोल गरे । 

खेलको ४६औँ मिनेटमा इसम अल शुभीले र मोहमद अल घसानीले ४९ मिनेटमा गोल गर्दा ओमान ४–१ ले अघि रह्यो । त्यसपछि ओमानका लागि अब्दुल्लाहजित अलमुक्बालीले ६० र ६५ मिनेट तथा जमिल अल यहमादीले ७६ मिनेटमा गोल गर्न गरे । नेपालका लागि आयुष घलान र अनन्त तामाङले गोल फर्काएका थिए । साफ च्याम्पियनसिप १५ असोजदेखि माल्दिभ्समा हुँदै छ । साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टोलीबीच प्रतिस्पर्धा हुनेछ । पाँच टोलीले एकआपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ । भारत साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली हो । भारतले प्रतियोगिता सातपटक उपाधि जितेको छ । नेपाल सेमिफाइनल भन्दामाथि उठ्न सकेको छैन । 
२३ सदस्यीय टोली घोषणा
नेपालले आइतबार मात्र साफ च्याम्पियनसिपका लागि अन्तिम २३ सदस्यीय टोली घोषणा गरेको थियो । दुई साता कतारमा प्रशिक्षण गरेपछि नेपाली टोलीका प्रशिक्षक अलमुताइरीले घोषणा गरेको टोलीमा गोलरक्षक विकेश कुथु र डिफेन्डर राजन गुरुङले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । प्रशिक्षण क्याम्पका दौरान चोट बोकेपछि विकेश अन्तिम टोलीबाट बाहिरिएका हुन् । प्रशिक्षक अलमुताइरीले साफमा २५ जना खेलाडीलाई माल्दिभ्स लाने बताएका थिए । 

साफका लागि घोषित टोली
किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनीष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज ज्यु ठकुरी र तेज तामाङ