मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ११ सोमबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ११ सोमबार १४:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

वर्षाका कारण काठमाडौं र विराटनगरबीचको खेल स्थगन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ११ सोमबार १४:५१:oo

राजधानीमा जारी चौथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज हुने भनिएको काठमाडौं किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन भएको छ । 

निर्धारित समयभन्दा दुई घन्टासम्म पनि खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगन गरेका हुन् । आइतबार भएको भारी वर्षाका कारण आउटफिल्ड भिजेकाले काठमाडौं र विराटनगरबीचको खेल टससमेत नभई स्थगन भएको हो ।
    
काठमाडौंले पहिलो खेलमा साबिक विजेता ललितपुर प्याट्रियट्सलाई पराजित गरेको थियो। यो खेल काठमाडौंका साहिद अफ्रिदीको अन्तिम रहेको थियो । उनी दुई खेलका लागि काठमाडौं आएका थिए । पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित विराटनगर पहिलो जितको योजनामा थियो । 

प्रतियोगितामा विभिन्न छ सहरका फ्रेन्चाइज टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले ५० लाख रुपैयाँ तथा उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।