१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १० आइतबार
  • Friday, 05 July, 2024
२o७८ असोज १० आइतबार १९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

अपहरण गरेको आरोपमा चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १० आइतबार १९:२o:oo

अपहरण गरेको आरोपमा मकवानपुर प्रहरीले चारजनालाई पक्राउ गरेको छ । हेटौँडा– ११ का एक व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले आइतबार चारजनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले हेटौँडा उपमहानगरपालिका– ११ घर भई हेटौँडा– १० वासुदेवमार्ग बस्ने सुनचाँदी पसल सञ्चालक ४० वर्षीय जितेन्द्र विश्वकर्मालाई अपहरण गरेको आरोपमा चारजनालाई पक्राउ गरेको जानकारी दिए।

पक्राउ पर्नेहरूमा हेटौँडा– १० बस्ने ३९ वर्षीय विनोदलाल श्रेष्ठ, ३० वर्षीय अनिल लामा, हेटौँडा– ५ बस्ने ३२ वर्षीय बुद्ध लामा र हेटौँडा– २ बस्ने २७ वर्षीय आदेश लामा रहेको डिएसपी रिमालले बताए। उनीहरूलाई प्रहरी टोलीले हेटौँडा– ५ स्थित मकवानपुर रिकभरिङ समूहको हाताभित्रबाट आज आइतबार पक्राउ गरेको हो।

आइतबार नै बिहान ९ बजे विश्वकर्मालाई बा.२०च ८९६० नम्बरको सेतो कारमा आएका चार–पाँचजना अपरिचित व्यक्तिहरूको समूहले अपहरण गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले तत्काल खोजतलास गर्ने क्रममा हेटौँडा– ५ स्थित मकवानपुर रिकभरिङ समूहको कार्यालयअगाडि उक्त कार फेला पारी अपहरण गर्ने कार्यमा संलग्नलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। अपहरित विश्वकर्मालाई सकुशल उद्धार गरी पक्राउ गरेकाहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ।
 

ad
ad
ad
ad